नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा
चितवन । निरन्तर वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ । आज बिहान तुइनखोला र पानीधार क्षेत्रमा एक्कासी ढुङ्गासहितको पहिरो झर्दा सडक पूर्ण रूपमा बन्द भएको थियो ।
पहिरो खसेलगत्तै सुरक्षाकर्मी र सडक डिभिजनको टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक चरणमा तुइनखोलामा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन गरिएको थियो । भने भरतपुरबाट ल्याइएको डोजरको सहयोगमा सडक सफा गरिएपछि दुवैतर्फी आवागमन सुचारु गरिएको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार अहिले सडक पूर्ण रूपमा खुलिसकेको छ । यद्यपि, मौसम अझै अस्थिर रहेकाले यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ।











