नेपाललाई बेखबर गराउदै भारतले खुल्ला गर्यो कैलाश मानसरोवर यात्रा
काठमाडौं । भारतले नेपालको भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेको छ । भारतको चीन सरकारसँगको सहकार्यमा यात्राको औपचारिक घोषणा गरेको हो । लिपुलेक नेपालको भूमि हो ।
यस्तो यात्राको रुट नेपालको भूमिमा पर्दा नेपाललाई जानकारी छैन । लिपुलेक पासबाट व्यापार अघि बढाउन भारत र चीन यसअघि सहमति गरिसकेका छन् । यो सहमतिमा पनि नेपाल बेखबर छ ।
भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुने छ । भारतको चीन सरकारसँगको सहकार्यमा यात्राको औपचारिक घोषणा गरेको हो ।
भारतीय विदेश मन्त्रालयद्वारा हिजो जारी विज्ञप्तिमा यस वर्ष यात्राका लागि कुल २० समूह हुनेछन् । तीमध्ये १० समूह उत्तराखण्ड हुँदै लिपुलेख पासबाट र अन्य १० समूह सिक्किम हुँदै नाथु ला पासबाट यात्रा गर्नेछन् । प्रत्येक समूहमा ५० जना यात्रु रहने छन् ।
नेपालले कालापानी, लिपुलेक लिम्पियाधुरालाई आफ्नो भूमि भएको पनि भारतले मिचिरहेको भन्दै आपत्ति जनाइरहेको छ ।
कोभिड महामारीका सुरू भएपछि सन् २०१९ बाट बन्द भएको मानसरोवर यात्रा गत वर्षबाट खुलेको थियो ।
सन् २०२४ को डिसेम्बरमा चीनमा विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारबीच चीनमा भएको भेटवार्तामा यो नाकाबाट यात्रा पुन सुचारू गर्ने सहमति भएको थियो ।











