पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

संवाददाता
२०८२ चैत्र १५, आईतवार ०८:४४

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन् ।

उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी स्रोतले पूर्वमन्त्री खड्का पक्राउ परेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*