३ हजार ८ सय रुपैयाँले बढ्यो सुनको भाउ

संवाददाता
२०८२ फाल्गुन २६, मंगलवार १२:३१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ प्रतितोला ३ हजार ८ सय रुपैयाँ बढेको जनाएको छ ।

महासंघले मंगलबार सुनको भाउ तोला ३ लाख १७ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ प्रतितोला ३१० रुपैयाँ बढेको छ । एकैदिन चाँदी ५.७ प्रतिशत महँगिएको हो । अघिल्लो दिन तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ७२० रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*