प्रत्यक्षतर्फको मतगणनामा रास्वपाले एक सय सिट जित्यो
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय सिट जितेको छ ।
मतगणनाको सुरुवातीचरणदेखि नै अग्रता कायम गरेको रास्वपाले १२९ क्षेत्रको नजिता सार्वजनिक हुँदा रास्वपाले १०० सिटमा जित पक्का गरेको हो ।
दोस्रोमा नेपाली कांग्रेसले १४ सिट जितेको छ । एमालेले ७, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ६, राप्रपाले १ र स्वतन्त्रले १ सिट जितेका छन् ।











