रुकुम पूर्वमा प्रचण्डको विजयी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वमा विजयी भएको छ ।
नेकपाका संयोजक प्रचण्ड १० हजार २४० मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमाले लीलामणि गौतम ३ हजार ४६२ मत मात्रै पाए। कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन्।











