हेटौँडाका सञ्जीव अर्याल राष्ट्रिय लिगमा चित्लाङ एफसीबाट खेल्दै
हेटौँडा । हेटौँडा–५ का सञ्जीव अर्याल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा चित्लाङ फुटबल क्लबबाट खेल्ने भएका छन्। शुक्रबार चित्लाङ एफसीसँग सम्झौता भएपछि अर्यालले क्लबको प्रतिनिधित्व गर्ने पक्का भएको हो।
विसं २०७४ सालदेखि व्यावसायिक फुटबलमा सक्रिय अर्यालले यु–१४, यु–१५ र यु–१६ राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। पिप्ले युवा क्लबबाट फुटबल सुरु गरेका उनले मच्छिन्द्र क्लबबाट ‘ए’ डिभिजनसमेत खेलेका छन्।
एन्फाको आयोजनामा भइरहेको राष्ट्रिय लिगमा चित्लाङ एफसीले शुक्रबार नवजनजागृति युवा क्लबसँग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान ११ बजे आफ्नो पहिलो खेल खेल्नेछ।











