माओवादी केन्द्रसँग पार्टी एकताबारे एकीकृत समावादीभित्र मतभिन्नता

संवाददाता
२०८२ कार्तिक १५, शुक्रबार १७:३९

काठमाडौं । नेकपा (एकीकृकत समाजवादी) र नेकपा माओवादीबीच पार्टी एकताबारे समाजवादीभित्र नेताहरुबीच मतभिन्नता देखिएको छ ।
पार्टीका केही नेताहरुले माओवादी केन्द्रसँग हतारमा पार्टी एकता गर्न नहुने धारणा राखेका छन् भने केही नेताहरुले सिद्धान्त र कार्यनीति मिल्ने पार्टीसँग पार्टी एकता गर्नु सकारात्मक पक्ष भएको धारणा राखेका छन् । एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य निलमणि बरालले अहिलेको राजनीतिक परिस्थितिमा कुनै एउटा अमूख पार्टीसँग हतारमा एकताको प्रयास गर्नु उपयुक्त नहुने बताउनु भयो । शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले कुनैपनि पार्टीसँग एकता गर्ने समय आइनसकेको बताउनु भयो । उहाँले अहिलेको अवस्थामा पार्टी एकताभन्दा पार्टीको पुर्नगठनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले मुलुकका सबै समाजवादी, वामपन्थी शक्तिहरूसँग छलफल गरेर नेतृत्व र पुस्तान्तरणसहितको पार्टी अगाडि बढाउनुपर्ने अहिलेको आवश्इकता रहेको बताउनु भयो ।

पार्टीका सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावलले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकता सान्दर्भिक भएको धारणा व्यक्त गर्नुभयो । उहाँले उहाँ मुलुकका ठुला दलहरुले भ्रष्टाचार मौलाएको कारण जेनजी विद्रोह भएको उल्लेख गर्दै मुलुकमा सुशासन कायम गर्दै अगाडि बढाउन कम्युनिष्ट पार्टीहरुबीच एकता अपरिहार्य रहेको उहाँको भनाइ छ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रिय सदस्य केदारकुमार कँडेलले माओवादी केन्द्रसँग मात्र नभएर सिद्धान्त, नीति र कार्यनीति मिल्ने सबै कम्युनिष्ट पार्टीहरुसँग पार्टी एकता गर्न सकिने बताउनु भयो । उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको कारण नेपालको कम्युष्टि आन्दोलन समाप्त हुने चरणमा पुगेको पनि आरोप लगाउनु भयो ।

उहाँले नेकपा (एकीकृत समाजवादी)का कुनैपनि नेता कार्यकर्ता एमालेमा फर्कने पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो । पार्टीका पोलिटब्यूरो सदस्य नन्दलाल बञ्जाडेले आफू सधैं नेपालका कम्युनिष्ट पार्टीहरु फुट्नु दुभाग्यपूर्ण भएको भन्दै बोल्दै आएको बताउनु भयो । यद्यपि अएको भइरहेको एकता एमाले र माओवादीबीच भएको तत्कालीन एकता जस्तो हुने उहाँको भनाइ छ । उहाँले माओवादीको महाधिवेशन भइनसकेको गरिने एकता सत्ता स्वार्थका लागि गरिने एकतामा परिणत हुने भन्दै उहाँले पार्टी एकता भन्दा संगठन विस्तारमा पार्टीको ध्यान जान जरुरी रहेको बताउनु भयो ।

पार्टीको स्थायी समिति सदस्य साध्यबहादुर भण्डारीले केपी शर्मा ओली र पुष्पकमल दाहालले नेतृत्व गरेका पार्टीहरु वास्तवमै कम्युनिष्ट पार्टी नभएको जिकिर गर्नुभयो । उहाँले माओवादी केन्द्र दक्षिणपन्थी पार्टी भएको उल्लेख गर्दै कम्युनिष्ट पार्टीले माओवादीसँग एकता गरेर उनीहरुलाई सच्याउन नसक्ने जिकिर गर्नुभयो । माओवादीको मातहतमा काम गर्न एकीकृत समाजवादीको अस्तित्व नै विलिन भएर जाने भन्दै उहाँले माओवादी केन्द्रसँगको एकता कुनैपनि हालतमा सम्भव नरहेको बताउनु भयो ।

पार्टीका नेता राजेन्द्र राईले मुलुकमा रहेका सबै वामपन्थी पार्टीहरुसँग एकताको प्रयास भइरहेको बताउनु भयो । यद्यपि पार्टीभित्र माओवादीसँग एकता गर्ने र नगर्ने विषयमा मतभेद रहेको उहाँको भनाइ छ । वामएकताको बाटोमा अगाडि बढ्नको लागि माओवादीसँग एकता कोसेढुंगाा सावित हुने उहाँको जिकिर छ ।

त्यस्तै अर्का नेता मेटमणि चौधरीले वृहत कम्युनिष्ट पार्टी निर्माण गर्ने र कम्युनिष्ट पार्टीकै नेतृत्वमा देशलाई समृद्धितर्फ लैजानुपर्ने बताउनु भयो । उहाँले माओवादीसँगको एकता वाम पन्थीहरुको केन्द्रबिन्दु हुने बताउनु भयो । सम्मानित झलनाथ खनालको काम नै निहुँ खोज्ने भएको जिकिर गर्नुभयो । झलनाथ खनालको कुराबाट पार्टी एकता नहुने भन्ने नरहेको बताउनु भयो ।

अर्का नेता विरोध खतिवडाले एकता गरेर एकै ठाउँमा बसिसकेका वामपन्थीहरु पुनः एक हुन नहुने भन्ने नरहेको बताउनु भयो । उहाँले अब एकता प्रक्रियामा जान जरुरी रहेको बताउँदै कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने बताउनु भयो ।

उहाँले एकता गर्दा भाँड्ने तत्वहरु आउने भन्दै त्यसबाट जोगिनुपर्ने बताउनु भयो । उहाँले अहिले माओवादीसँगको एकता अपरिहार्य रहेको जिकिर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*