मनहरीमा ग्यास बुलेट र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते

संवाददाता
२०८२ कार्तिक ११, सोमबार १२:०५

मकवानपुर । मनहरी गाउँपालिका–७ लच्का स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय मनहरीका अनुसार आज कार्तिक १० गते बिहान चितवनबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.२–०५७ प ३२३० नं.को स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको NL01N0280 नं.को ग्यास बुलेटले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक ३० वर्षीय केदार श्रेष्ठ  सिन्धुपालचोक चौतारा न.पा.–५, घर भएका ३० वर्षीय केदार श्रेष्ठलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा डाक्टरले बिहान १०:५५ बजे मृत घोषणा गरेका हुन्।

स्कुटर पछाडि सवार उनकी श्रीमती २८ वर्षीया सरस्वती श्रेष्ठलाई गम्भीर चोट लागेको छ। उनलाई चितवनस्थित एलाईभ अस्पतालमा उपचारका लागि लगिएको र हाल अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, स्कुटरमा उनीहरूसँगै रहेका २ वर्षीय छोरा प्रविन श्रेष्ठ पनि घाइते भएका छन्। उनलाई समेत एलाईभ अस्पतालमा उपचारका लागि लगिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ग्यास बुलेट चालक ५५ वर्षीय मोहम्मद मतिन, भारत बिहार निवासी, इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनापछि सडकमा कुनै अवरोध नभएको र घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब ४ किलोमिटर पश्चिममा पर्ने प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*