हेटौँडा ३ लेवटमा रहेको श्री हंसलोक आश्रमद्धारा हेटौँडा उपमहानगरपालिकालाई आधुनिक एम्बुलेन्स प्रदान
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटस्थित श्री हंसलोक आश्रम नेपालले हेटौँडा उपमहानगरपालिकालाई आधुनिक एम्बुलेन्स प्रदान गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामाले हंसलोक आश्रम नेपालबाट प्राप्त आधुनिक एम्बुलेन्सप्रति आभार प्रकट गर्दै उनले उक्त सहयोगलाई नगरवासीका लागि जीवनरक्षक भएको बताएकी छन् । । उनले यो केवल गाडी मात्र नभई , नगरका लागि संवेदनशील सहयोग रहेको उल्लेख गरेकी छन् ।
मेयर लामाले आश्रमका समस्त मानवसेवी तथा नेतृत्वप्रति धन्यवाद दिँदै भविष्यमा पनि यस्ता सहकार्यको निरन्तरता रहने आशा व्यक्त गरिन्।
उहाँले सरकारी संस्थानहरूमा भौतिक साधनको अभाव रहेको उल्लेख गर्दै यस्तो सहयोगले ठूलो राहत दिएको बताएकी हुन्।












