कर्मचारीहरूलाई थप सुविधा दिएर भएपनि सेवालाई निरन्तरता दिन क्यानलाई प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० लाई कर्मचारीहरूलाई सुविधाजनक काममा लगाएर भएपनि सेवा निरन्तर राख्न निर्देशन दिनुभएको छ ।
बिहीवार क्यान बोर्डसँगको छलफल प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको क्यानकी बोर्ड सदस्य रोशन चित्रकारले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा जिल्ला अदालत काठमाडौंको भवनमा आगलागी भएको कारण कठिनाई भएको भन्दै बबरमहलस्थित प्राधिकरणको कार्यालयबाट सेवा सञ्चालन गर्नेबारे पनि छलफल भएको छ ।
अन्य विमानस्थलहरु सञ्चालन गर्नेबारे छलफल नभएको चित्रकारको भनाइ छ ।











