“यो सरकार नेपालीको प्रतिनिधि होइन” ओलीको कडा आरोप, संसद पुनःस्थापनाको माग

संवाददाता
२०८२ आश्विन २३, बिहीबार १८:४५

काठमाडौँ — नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर–गुन्डुमा आयोजित कार्यक्रममा वर्तमान सरकारलाई “नेपालीको प्रतिनिधि होइन” भनेर आरोप लगाउनु भएका छन् । उनले विघटन गरिएको संसद फिर्ता गर्ने माग अघि बढाउनु बाहेक देशलाई लोकतान्त्रिक मार्गमा फर्काउने अर्को विकल्प नरहेको बताएका छन् । अध्यक्ष ओलीले सो मागमा नेपाली काँग्रेस लगायतका सबै दलहरु अगाडि बढ्ने विश्वास समेत व्यक्त गरेका छन् । उनले सो मागलाई अघि नबढाए मुलुक बर्बाद हुने चेतावनी समेत दिएका छन् ।

ओलिले गृह मन्त्री ओमप्रकाश अर्याललाई सम्हालेर अघि बढ्न सचेत गराएका छन् । सरकारले आफूलाई काठमाण्डौ भ्याली छोड्न नपाउने भनेर तमासा देखाएको भन्दै आपत्ति जनाएका छन् । आफ्नो पासपोर्ट रोक्ने लगायतका व्यवहारलाई उनले ‘तमासा’ गरेको र सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक ठहर्याएका छन् । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन घटनाको छानबिन गर्न बनेको आयोग नमान्ने घोषणा गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*