हेटौडामा जेनजीकाे प्रदर्शन
हेटौंडा । जेनजीहरूले देशभरजस्तै आज हेटौडामा पनि प्रदर्शन गरेका छन्।
बन्द गरेका सामाजिक सञ्जालहरू खोल्नुपरे र देशमा भ्रष्टाचार अन्त्य हुनुपर्ने जस्ता नाराहरू लगाएर उनीहरुले आन्दोलन गरेका थिए हेटौडाको बुद्धचोकमा सयौँको सङ्ख्यामा युवाहरू आन्दोलनमा उत्रिएका थिए । हेटौडा लगायतका देशका ७७ वटै जिल्लामा जेनजी समूहले प्रदर्शन गरेको हो।
जेन्जीहरुले देशमा भ्रष्टाचार विकृति र नेताका छोराछोरीहरूले बिलासिताको जीवन बिताएको र जनताका छोराछोरीहरुले दुःख पाइरहेको भन्दै आफूहरू आन्दोलनमा आउनुपरेको बताएका छन्।
देशैभर जेनजी गरेको आन्दोलनमा धेरै हिंसाहरु भए हेटौंडामा भने कुनै पनि हिंसात्मक गतिविधिहरु भएनन् तर आजको आन्दोलनमा देशभरमा हालसम्मको जानकरी अनुसार १९ जनाले आफ्नो ज्यान गुमाएका छन् भने ३४७ जना घाइते भएका छन् । भने देशका विभिन्न शहर हरुमा कर्फ्यु समेत लागाईएको छ ।











