हेटौंडामा वेपत्ता भएकी ९ वर्षीय बालिका मृत अवस्थामा फेला

संवाददाता
२०८२ भाद्र १८, बुधबार ११:०५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ स्थित राप्ती खोलामा ९ वर्षीय बालिका मृत अवस्थामा फेला परेकी छन् । पुलचोक टोल निवासी कुमार थिङकी ९ वर्षीया छोरी प्रभा थिङ घरबाट वेपत्ता भएको भोलिपल्ट राप्ती खोलाको पानीमा मृत अवस्थामा फेला परेकी हुन्।

इलाका प्रहरी कार्यालय नेवारपानीका अनुसार भदौ १७ गते साँझ करिब ४ बजे घरबाट आफैं हिँडेकी बालिका वेपत्ता भएपछि आफन्त र प्रहरीको टोलीले खोजी कार्य सुरु गरेको थियो।

लगातारको खोजीपश्चात भदौ १८ गते बिहान करिब ८:१५ बजे घरदेखि करिब ७०० मिटर दक्षिणमा रहेको राप्ती खोलामा बालिकाको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ। उक्त घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*