टर्कीमा पानीको संकट

संवाददाता
२०८२ श्रावण २३, बिहीबार १२:०९

काठमाडौं । खडेरी र कम वर्षाका कारण टर्कीको पश्चिमी प्रान्त इज्मिरमा पानी आपूर्ति गर्ने मुख्य बाँधहरू सुक्दै जान थालेका छन् । जसले शहरको पानी आपूर्तिलाई प्रभावित बनाएको छ ।

इज्मिर पानी तथा ढल निकास प्रशासनले अवस्थाको गम्भीरता पुष्टि गर्दै रिपोर्ट गरेको छ कि छ वटा बाँधहरू मध्ये पाँचवटा सुक्दै गएका छन् । इज्मिरको पिउने पानीको लगभग आधा आपूर्ति गर्ने ताहताली बाँध, एक वर्ष अघिको २२.५५ प्रतिशतबाट तिब्र रूपमा घटेर केवल ७.९७ प्रतिशतमा झरेको छ ।

अलाकाटी र गोर्डेस बाँधहरूसहित अन्य प्रमुख जलाशयहरूमा पनि तिब्र गिरावट आएको छ । जसको स्तर ३ प्रतिशतभन्दा तल झरेको छ । ६ वटा प्रमुख बाँधहरूमध्ये एउटा मात्र यसको क्षमताको ५० प्रतिशतभन्दा माथि छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*