बागमतीका मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाइयो

संवाददाता
२०८२ श्रावण २०, सोमबार १३:५६

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाइएको छ। मुख्यमन्त्री लामाको तर्फबाट उनका प्रमुख स्वकीय सचिव छत्र लामाले आज सोमबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन्।

लामाको राजीनामा पत्र प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव बलराम गैरेलाई हस्तान्तरण गरिएको हो। यससँगै बागमती प्रदेश सरकारको नेतृत्वमा फेरबदलको प्रक्रिया सुरु भएको छ।

स्वास्थ्यमा समस्या आएपछि उपचाररत रहनुभएका प्रदेश प्रमुख दिपक प्रसाद देवकोटा आज हेटौंडा आईपुग्नु भएको छ ।

आफ्नै पार्टीबाट राजनितीक दबाब बढ्दै गएपछि लामाले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*