‘सफा राजनीति गरें, तर दबाबमा राजीनामा दिनुपर्‍यो’ – मुख्यमन्त्री लामा

संवाददाता
२०८२ श्रावण १९, आईतवार २०:१०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफुलाई राजिनामा दिन दबाब दिएको बताएका छन् । उनले आज पत्रकार सम्मोलन मार्फत आफ्नो राजिनामा दिएको घोषणा गर्दै यस्तो बताएका हुन् ।

आफु माथि आफ्नै पार्टीबाट असहयोग भएको बताएका छन् । इमान्दारिता पूर्वक काम गरे, मेरो निष्ठा, सरलता र सफेद कार्यसंपादनमा दृढ रहे । मैले काँहीकतै गलत हुँन दिइँन, बदमासी भएन, भ्रष्टाचारको समाचार आएन, शक्तिकेन्द्र र स्वार्थ समूहको इशारामा चल्न सकिन । के यो नै मेरो कम्जोरी हो र ? लामाले भने ।

नेपालको संविधान २०७२ को धारा १६८ को उपधार २ बमोजिम नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा आफु मुख्यमन्त्री बनेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आग्रह अनुसार आफुले राजिनामा दिन तयार भएको बताएका छन् ।

आफ्नै पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धाले संवैधानिक व्यवस्थालाइ चटक्कै विर्सेर भाग्ने नसकेको उनले बताएका छन् ।कांग्रेसको भित्री कलहले मन्त्रीपरिषद् विस्तारको निर्णय समेत अवरुद्ध बनाउने काम भएको बताएका छन् ।

दुई दलीय गठबन्धनमा बनेको अन्य प्रदेशका सरकारहरु यथावत रहेको अवस्थामा बागमती प्रदेशको सरकार किन परिवर्तन गर्नु पर्यो ? भन्दै उनले प्रश्न गरेका छन् । पाँच वर्षको लागि चयन भएको दलको नेता किन तुरुन्तै परिवर्तन गर्नु पर्यो ? भन्दै सत्य तथ्य उजागर गर्न उनले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*