हेटौंडा आउदै साम्बा

संवाददाता
२०८२ श्रावण १७, शुक्रबार ०९:२३

हेटौंडा । यहि साउन १७ गते नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) हेटौंडा आउने भएको छ ।

सञ्चारिका समुह मकवानपुरले आयोजना गर्न लागेको देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने कार्यक्रममा सहभागी हुनको लागि साम्बा हेटौंडा आउन लागेको हो । कार्यक्रम भोलि (शनिबार) बिहान ११ बजेबाट सुरु हुने भएको छ ।

हेटौंडा २ मा रहेको पल्पसा प्याडाईड होममा हुन लागेको कार्यक्रममा साम्बालाई हेटौंडेली खेलप्रेमीहरुले प्रत्यक्ष भेट गर्न पाने भएका छन् । साम्बाले हासिल गरेको उपलब्धिका कारण उनले नेपाली फुटबललाई दक्षिण एसियाबाट बाहिर पुर्‍याएर चिनाउने काम गरेकी हुनाले उनको प्रयास बुझ्‌न, चुनौतीका पहाड जान्न र नजिकबाट साक्षात्कार गर्न विशेष कार्यक्रम तय गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*