स्वर समर्पणकाे तयारी तिब्र ,२७ सदस्सिय स्वयम्सेवक ब्यवस्थापन
हेटौंडा । नेकपा एमाले, मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना र राष्ट्रिय जनसाँस्कृतिक महासंघ, जिल्ला कमिटीको ब्यवस्थापनमा साउन ७ गते आयोजित जनसाँस्कृतिक साँझ “स्वर समर्पण” को लागि पार्टि जिल्ला स्वयम्सेवक विभाग सचिव सुरेश बेरोजगारको संयोजकत्वमा २७ सदस्सिय स्वयम्सेवक ब्यवस्थापन तथा परिचालन उपसमिति निर्माण गरिएको छ ।
जनसंगठन समन्वय संयन्त्र र पार्टि जिल्ला स्वयम्सेवक विभागको संयुक्त बैठकले बेरोजगारलाई कार्यक्रम अवधिभर समग्र स्वयम्सेवक नेतृत्व र परिचालन गर्ने गरी उपसमिति संयोजकको जिम्मेवारी प्रदान गरेको हो । संयोजक सहित उपसमितिमा विभागबाट ७ जना र नेकपा एमाले सम्बद्ध १० वटा जनसंगठनबाट दुईदुई जना गरी २७ जना चयन गरिएको छ । बैठकमा जनसाँस्कृतिक महासंघका अध्यक्ष राजुराम राउतले साँस्कृतिक कार्यक्रम, जनवादि गितहरुको तयारी बारे जानकारी गराउनुभएको थियो । साथै, पार्टि जिल्ला सदस्य शिवहरी दाहालले कार्यक्रमलाई भब्य र सभ्य बनाउने जिम्मेवारी उपसमितिको भएकोले त्यस अनुसार क्रृयाशिल हुन आग्रह गर्नुभयो ।
बैठकले कार्यक्रम स्थल, डिजिटल प्रचार सामाग्री डिजाईन लगाएत अन्य प्राविधिक तयारीको जिम्मेवारी प्रोग्रेसिभ ईन्जिनियरिङ एशोशियनलाई प्रदान गरेको छ । बैठक समन्वय संयन्त्रका प्रमुख सन्तोष पौडेलको सभाध्यक्षता तथा नेकपा एमाले जिल्ला सचिव सिता विष्टको प्रमुख आतिथ्यतामा भएको बैठकमा पार्टि जिल्ला सदस्य तथा स्वयम्सेवक विभाग प्रमुख शिवहरी दाहाल, जिल्ला सदस्यहरु दिलु घर्ति, आकाश अधिकारी, सुमित्रा चौंलागाँई, जनसाँस्कृतिक महासंघका अध्यक्ष राजुराम राउत लगाएत जनसंगठनका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।जनसंगठन समन्वय संयन्त्रले नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औं स्मृति दिवसको सन्दर्भमा साउन ७ गते साँझ ४ बजे रोयल पार्टि प्यालेसमा आयोजना गरेको जनसाँस्कृति साँझ “स्वर समर्पण” तयारीलाई तिव्र बनाएको छ ।
यसैविच नेकपा एमाले जिल्ला कमिटीले विगतका वर्षमा जस्तै यहि साउन ७ गते बिहान ७ बजे पुस्पलालको स्मृतिमा श्रदाञ्जली सभा आयोजना गरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाह नेकपा एमाले भएको र यसका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसमा उहाँको योगदानलाई स्मरण गर्दै भब्यताका साथ मनाउन पार्टिले आवश्यक तयारी गरेको एमाले जिल्ला सचिव सिता विष्टले जानकारी दिनुभयो ।











