कप्तान साम्बा हेटौंडा आउदै
हेटौंडा । यहि साउन १७ गते नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) हेटौंडा आउने भएको छ । सञ्चारिका समुह मकवानपुरले आयोजना गर्न लागेको देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने कार्यक्रममा सहभागी हुनको लागि साम्बा हेटौंडा आउन लागेको हो ।
साम्बालाई हेटौंडेली खेलप्रेमीहरुमा पनि उत्साह छाएको छ । साबित्राले हासिल गरेको उपलब्धिका कारण उनले नेपाली फुटबललाई दक्षिण एसियाबाट बाहिर पुर्याएर चिनाउने काम गरेकी हुनाले उनको प्रयास बुझ्न, चुनौतीका पहाड जान्न र नजिकबाट साक्षात्कार गर्न विशेष कार्यक्रम तय गरिएको हो ।
खेलप्रेमीको यथार्थपरक योगदानले समाजमा प्रेरणा र सकारात्मक ऊर्जा प्रवाह गरेको छ । यस प्रकारको सहयोगले महिला खेलकुदको सम्मान र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्नेछ भन्ने हामी पूर्ण विश्वास गर्दछौं,’ सञ्चारिका समूह मकवानपुर अध्यक्ष निशा गुरुङले भनिन् ।
१७ गते हुने कार्यक्रमको लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवम् शिक्षाविद् र खेलकुदप्रेमी पुरणबहादुर जोशीले नगद ५० हजारसहितले सम्मान गर्नका लागि प्रायोजन गरेका छन् ।











