पूर्वराष्ट्रपति भण्डारीसँग सबै कुरा खुला रूपमा राखिएको : प्रचार विभाग प्रमुख गौतम
काठमाडौं । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीको भनाइलाई उद्धृत गर्दै पूर्वराष्ट्रपति भण्डारीसँग सबैकुरा खुला रुपमा राखेको र सरकारले गरेका काम, एमालेमाथि भइरहेका प्रहार, विधान अधिवेशनको बारेमा आफूले कुरा गरेको बताउनु भएको छ । । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी केन्द्रिय कमिटीको बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आईतवार भएको भेटबारे नेताहरुलाई जानकारी गराउनुभएको प्रचार विभाग प्रमुख गौतमले बताउनु भयो ।
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनुहुन्छ की हुँदैन रु भन्ने विषयमा आफ्नो तर्फबाट भइरहेका अभ्यासबारे स्पष्ट दृष्टिकोण राखेको जानकारी गराउनु भयो । पार्टी सदस्यतका विषयमा पनि कुनै विवाद गर्नुपर्ने विषय नरहेको र केन्द्रिय समितिले यसबारेमा निर्णय गर्ने जानकारी गराउनुभएको बताउनु भयो ।
प्रचार विभाग प्रमुख गौतमकाअनुसार अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी कार्यालयमै भेट्नुको कारण भण्डारीले आफूले १० वर्ष भन्दा बढी समय पार्टी कार्यालय नगएकाले पार्टी कार्यालयमै भेट्न आग्रह गरेपछि च्यासलमै भेटेको बताउनुभएको पनि जानकारी दिनुभयो ।











