मनहरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
संवाददाता
२०८२ असार २८, शनिबार १०:४२

मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित पुलचोक बेलुवा नजिकै पूर्व–पश्चिम राजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय मनहरीका अनुसार मनहरीबाट हेटौंडातर्फ गइरहेको ना ३७ प ७६९० नम्बरको मोटरसाइकल र सोही दिशाबाट आइरहेको प्रदेश ३–०३–००१ प ४४३४ नम्बरको अर्को मोटरसाइकल आपसमा ठोक्किँदा शनिबार राति दुर्घटना भएको हो।

दुर्घटनापछि दुवै मोटरसाइकलमा सवार चारै जनालाई तत्कालै नजिकैको मनहरी अस्पतालमा उपचारका लागि लगिएको थियो। तीमध्ये गम्भीर घाइते भएका विशाल प्रजालाई तुरुन्तै  भरतपुर पठाइएको थियो ।प्रजाको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा निधन भएको चिकित्सकहरूले पुष्टि गरेका छन्।

हाल मृतकको शव सोही अस्पतालको शवगृहमा राखिएको छ भने अन्य तीन घाइतेको अवस्था सामान्य रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*