भिमफेदीको टौवासमा खोला तर्ने क्रममा एक जनाको मृत्यु
हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ टौवासमा खोलामा नुहाई खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ । बिरगन्ज महानगरपालिका ५ बस्ने अन्दाजी ४५/५० बर्षको पुरुषोत्तम शर्मालाई खोलाले बगाई मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिरगन्जबाट भिमफेदीको टौवासमा ४/५ जना मानिसहरु बनभोज खाई रमाईलो गरी रहेका थिए । सोहि क्रममा टौवास खोलामा नुहाई खोला तर्ने क्रममा खोलामा पानीको बाहब बढ्न गई शर्मालाई खोलाले बगाई ४०० मिटर तल सम्म बगाएको प्रहरी चौकि भैसे मकवानपुरले जनाएको छ ।
घटनाको थप अनुसन्धान तथा मुचुल्का कार्यको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक विश्वम्भर नाथ साहको कमाण्डमा टोली खटिगएको छ ।











