बजेटमा पुँजीपति वर्गलाई प्राथमिकता दिइएको उपमहासचिव वर्षमान पुनकाे आरोप
काठमाडौं । नेकपा माओवादि केन्द्रका उपमहासचिव वर्षमान पुनले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सर्वसाधारणको हितभन्दा बढी उच्च वर्ग र पुँजीपति वर्गलाई प्राथमिकता दिइएको आरोप लगाएका छन्।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै उपमहासचिव पुनले सरकारले ल्याएको बजेटले निम्न वर्ग र युवाहरूका लागि कुनै उल्लेखनीय कार्यक्रम नल्याएको बताए। उनले भने, “बजेट कांग्रेस तिर ढल्किएको छ, जनतामा निराशा छाएको छ।”
उनले बजेटमा रोजगारी सिर्जना, उत्पादन वृद्धिमा जोड नदिइएको भन्दै आलोचना गरे। पुनले बजेटको संरचना आम नागरिकको जीवनस्तर उकास्न नखोजिएको स्पष्ट संकेत भएको जिकिर गरे।
उपमहासचिव पुनको भनाइ अनुसार, बजेटले पुँजीपति र उच्च वर्गका हितमा नीति निर्माण गरेको छ भने जनताका वास्तविक आवश्यकताहरू सम्बोधन गर्न असफल भएको छ।
सरकारले आर्थिक सुधारका लागि ल्याएको भनिएको बजेट जनमुखी नभएको उनले बताएका छन् ।











