नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ ।
माधव कुमार नेपालकाे सांसद पद स्वतः निलम्बनमा
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेसँगै उनको संघीय सांसद पद स्वतः निलम्बनमा परेको छ।
पतञ्जलीलाई राज्यको बहुमूल्य जमिन सस्तो मूल्यमा उपलब्ध गराइएको प्रकरणमा नाम जोडिएपछि आयोगले नेपालको संलग्नतामाथि अनुसन्धान गर्दै भ्रष्टाचारसम्बन्धी मुद्दा अघि सारेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपालको लोकतान्त्रिक इतिहासमा यो पहिलो पटक हो, कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गरिएको छ। साथै, मन्त्रिपरिषद्को निर्णयलाई भ्रष्टाचारको सन्दर्भमा अदालतमा ल्याउने यो पहिलो घटना हो।











