काठमाडौंमा आज गणतन्त्र दिवस—राजनीतिक ध्रुवीकरण झल्काउने प्रदर्शन, सुरक्षाकाे लागि ८ सय ट्राफिक प्रहरी परिचालन

संवाददाता
२०८२ जेष्ठ १६, बिहीबार ११:१४

काठमाडौं । आज गणतन्त्र दिवसको अवसरमा काठमाडौंको सडकमा नेकपा एमाले र राजावादी समुहले प्रर्दशन गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गणतन्त्रको उत्सवमा रमाइरहेको छ भने अर्कोतर्फ राजावादी समूहहरू गणतन्त्रको विरोधमा उत्रिएका छन्। नेकपा एमालेले ११ बजेदेखि करिब साढे २ बजेसम्म र राजावादीहरुले त्यसलगत्तै प्रदर्शन गर्ने तयारी गरेका छन् ।

आज गणतन्त्र दिवसको दिन नेकपा एमाले र राजावादीहरुले गर्ने छुट्टाछुट्टै प्रदर्शनको क्रममा सवारी आवागमनको व्यवस्था मिलाउन झण्डै ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

राजनीतिक रुपमा ध्रुवीकृत प्रदर्शनहरू शान्तिपूर्ण गराउनकाे लागि र कुनै अप्रिय घटना नहोस् भन्नेमा प्रशासन सतर्क देखिएको छ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीका अनुसार दुबै पक्षका कार्यक्रमलाई मध्यनजर गर्दै व्यापक सुरक्षा योजना बनाइएको छ। ‘निषेधित क्षेत्रमा कसैले प्रवेश नगरोस् भन्ने विशेष ध्यान दिइएको छ,’ उनले भने।

यता, सडकमा जनसाधारणलाई सास्ती नहोस् भन्नका लागि सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीले उच्च सतर्कता अपनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७८३ ट्राफिक प्रहरी तत्काल खटाइसकिएको छ।

एमालेले भृकुटीमण्डपबाट झाँकीसहितको र्‍याली निकाल्ने छ भने राजावादी पक्षले रत्नपार्क–शान्तिबाटीका क्षेत्रमा ‘गणतन्त्र खारेज’को मागसहित प्रदर्शन गर्दैछन्।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*