भारतका १६ राज्यमा पुनः सक्रिय कोरोना संक्रमण

संवाददाता
२०८२ जेष्ठ १३, सोमबार १५:२३

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) पुनः देखा पर्न थालेको छ। देशका १६ राज्यमा एक हजारभन्दा बढी सक्रिय संक्रमितको पुष्टि भएसँगै सतर्कता अपनाउन थालिएको छ। तर, अधिकारीहरूका अनुसार अहिले देखिएको संक्रमण पहिलाको तुलनामा धेरै हल्का प्रकृतिको रहेको छ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको विवरणअनुसार हाल देशभर १,००९ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये सबैभन्दा धेरै केरलमा ४०३ जना, महाराष्ट्रमा ४३० जना, दिल्लीमा १०४ जना संक्रमित भेटिएका छन्। अन्य राज्यहरूमा पनि केही संख्यामा संक्रमित फेला परेका छन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार अहिलेको लहर गम्भीर रूपको नभएको र अस्पताल भर्ना वा अक्सिजन आपूर्ति जस्ता दबाब उल्लेख्य रूपमा नबढेको बताएका छन्। कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावका अनुसार दक्षिण एसियामा केही वृद्धि भए पनि भारतमा देखिएको संक्रमण चिन्ताजनक अवस्था होइन।

यद्यपि, संक्रमण फैलिन नदिनका लागि भारतका केही राज्यहरूले निगरानी प्रणाली बलियो बनाएका छन्। मानिसहरूलाई आवश्यक सावधानी अपनाउन र भीडभाड भएका ठाउँमा मास्क प्रयोग गर्न समेत सुझाव दिइएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*