गणतन्त्र दिवस मूल समारोह समितिबाट मेयर बालेन शाहलाई हटाउन प्रधानमन्त्री ओलीकाे आग्रह

संवाददाता
२०८२ जेष्ठ ६, सोमबार १७:२८

काठमाडौं । गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको अनुपस्थितिले राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमै मेयर शाहको निरन्तर अनुपस्थितिलाई लिएर असन्तुष्टि जनाउँदै समितिबाटै हटाउने संकेत दिएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको समितिको बैठकमा प्रधानमन्त्री ओलीको अध्यक्षता रहेको थियो। बैठकका अनुसार, यदि मेयर शाहले सहभागिता जनाउन नसक्ने हो भने महानगरको प्रतिनिधित्व पुनर्विचार गर्नुपर्ने धारणा प्रधानमन्त्रीको रहेको छ।

पछिल्ला दुई वर्षयता सार्वजनिक समारोहहरूमा देखिएनन् मेयर शाह। खासगरी, गणतन्त्र दिवसजस्तो राष्ट्रिय महत्वको कार्यक्रममा उपस्थिति नजनाउँदा उनको भूमिकाप्रति प्रश्न उठ्न थालेको छ।

यसैबीच, गणतन्त्र दिवसका अवसरमा आगामी जेठ १४ देखि १६ सम्म तीन दिन सार्वजनिक निकायमा दीप प्रज्ज्वलन गरिने निर्णय भएको छ। मुख्य कार्यक्रम भने जेठ १५ गते टुँडिखेलस्थित सैनिक मञ्चमा हुने मूल समारोह समितिको आयोजना हुनेछ।

सम्भावित निर्णयअनुसार, अबदेखि काठमाडौंबाट समितिमा सहभागी हुने पदेन सदस्यको व्यवस्था हटाइन सक्ने अनुमान गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*