कालोपत्रे कार्य तीव्र : कुलेखानी–कलंकी–हुमाने सडक १९ दिनका लागि बन्द

संवाददाता
२०८२ जेष्ठ १, बुधबार १०:०५

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका हुँदै काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडकखण्ड १९ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। कालोपत्रे कार्यलाई तिव्रता दिने उद्देश्यले जेठ २ गतेदेखि २० गतेसम्म उक्त सडकखण्डमा सवारी आवागमन रोकिएको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार सो सडकखण्डको स्तरोन्नति गर्न सवारी आवतजावत पूर्ण रूपमा बन्द गरिएको हो। स्थानीयस्तरमा वर्षायाम सुरु हुनुअघि सडक सुधार गर्ने कामलाई प्राथमिकता दिइएको जनाइएको छ।

प्रशासनले यात्रुवाहक र मालवाहक सवारीसाधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ। ‘कान्ति लोकपथ’ वा ‘कुलेखानी–सिस्नेरी–फर्पिङ मार्ग’ प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*