भेटियाे मनहरीमा हराएको ट्रक
हेटौंडा । मकवानपुरकाे मनहरी गाँउपालिका ७ रमनटारबाट हराएकाे ट्रक भेटिएको छ । साेहि स्थानमा घर भएका ट्रक चालक २६ बर्षका सोम बहादुर थिङकाे घरबाट बिहान ट्रक हराएकाे हाे ।
आफ्नै घर नजिक पार्किङ गरी राखेको ना ६ ख ३६६१ नम्बरको ट्रक हराएको भनि इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा थिङले लिखित निबेदन दिएकाे थियाे । मनहरीबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा मनहरी गाँउपालिका ९ रजैयास्थित पुर्ब पश्चिम सडक खण्डको जंगल भएको ठाउमा लगी छाडेको अवस्थामा ट्रक फेला परेकाे प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रक धनि बारा जिल्ला सिमरा उपमहानगरपालिका ९ बस्ने सुरज देवकोटालाई बुझाईएको छ । ट्रक कसले चलाएर लागेको भन्ने विषयमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मनहरी जनाएको छ ।











