राक्सिराङमा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते , ६ जनाको अवस्था गम्भीर
हेटौंडा । मकवानपुरको राक्सिराङमा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएको छ,भने ६ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइते हुनेमा राक्सिराङ-९ का १६ बर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ बर्षीय डिल बहादुर घलान, अन्दाजी ६५/७० वर्षीया फूलमाया घलान, स्थानीय ४८ वर्षीय दिपक खड्का, ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङ रहेको मकवानपुर प्रहरीले जनाएको छ।उनीहरूलाई मनहरीमा प्राथमिक उपचार पछि थप उपचारको लागि भरतपुर पठाईएको छ ।
बुधबार बिहान मकवानपुरको राक्सिराङ-९ अठारेमा खैराङबाट मनहरी तर्फ जादै गरेको बा १५ च १३३३ नम्बरको यात्रु र सामान बोकेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।











