बागमतीको बाढीले डाइभर्सन बगायो, कान्ति लोकपथको यातायात ठप्प

संवाददाता
२०८२ बैशाख २१, आईतवार १०:३०

हेटौंडा । निरन्तरको वर्षासँगै आएको बाढीले कान्ति लोकपथ अन्तर्गत हेटौंडा–काठमाण्डौ सडकखण्ड पूर्ण रूपमा ठप्प पारेको छ। बागमती नदीमा पानीको बहाव अत्यधिक बढेपछि मकवानपुर र ललितपुरको सिमानामा रहेको अस्थायी डाइभर्सन बगाएको हो।

डाइभर्सन बगाएसँगै बिहान ६ बजेदेखि नै सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सडक खुलाउन प्रयास तीव्र पारिएको छ ,भने यात्रुहरूलाई वैकल्पिक मार्ग अपनाउन आग्रह गरिएको छ।

बागमती खोलाको स्थायी पुल निर्माण नभएसम्म हरेक वर्षको वर्षातमा यो सडकखण्ड अवरुद्ध हुने समस्याले स्थानीयवासी र यात्रुहरूलाई हैरान बनाउँदै आएको छ। यसपटकको अवरोधले विशेष गरी काठमाण्डौ जाने तराईका मालवाहक र यात्रुवाहक सवारीहरू प्रभावित भएका छन्।

पुल निर्माणको प्रक्रिया वर्षौंदेखि अगाडि नबढेकाले अस्थायी संरचनामा निर्भर रहँदा प्रत्येक वर्ष जोखिम मोल्नु परेको यस क्षेत्रका बासिन्दाहरुको गुनासो छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*