राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा काठमाडौं तारकेश्वरको नगर अधिवेशन सम्पन्न

संवाददाता
२०८२ बैशाख १५, सोमबार १०:३४

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को नगर अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । कार्यवाहक सभापति डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशन कार्यक्रममा शिशिर खनाल, गणेश पराजुली, विराज भक्त श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रोजिना श्रेष्ठ, वाग्मती प्रदेश सभापति डा. अच्युतम लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

सभापति बिनोद चापागाईलाई नै पुन: निरन्तरता दिदै १३ सदस्यिय कार्य समिति गठन गर्दै नगर अधिवेशनमा २ जना पछि मनोनयन हुने निर्वाचन समिति सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) वाग्मती प्रदेश सदस्य स्वस्तिका लामिछानेले जानकारी दिईन् । उक्त कार्यक्रममा व्यापक रुपमा पार्टी प्रवेश गर्नेहरुको लर्को समेत लागेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*