मकवानपुरका क्याम्पसहरूको स्ववियु निर्वाचनमा, अनेरास्ववियुको उत्कृष्ट प्रदर्शन

संवाददाता
२०८१ चैत्र ५, बुधबार ०९:२२

हेटौंडा– मकवानपुरका विभिन्न क्याम्पसहरुमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अनेरास्ववियुको प्रभावी प्रदर्शन देखा परेको छ। मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान क्याम्पस र निर्मल बहुमुखी क्याम्पसमा भएको चुनावमा अनेरास्ववियुका उम्मेदवारहरुले प्रमुख पदहरुमा जित हासिल गरेका छन्।
मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार प्रसिद्ध रेग्मी ७०६ मतसहित विजयी भएका छन्। नेविसंघ र अनेरास्ववियुको प्यानलबाट रेग्मीले ७०६ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का छोइसाङ लामा५०७ मत मत ल्याए । उनी यस अघिका सभापती समेत हुन् ।
सचिवमा नेविसंघका उत्सव ढुंगाना ७११ मत सहित विजयी बन्दा उनका प्रतिद्वन्दी अखिल क्रान्तिकारीका दिपेश कार्किले ५४४ मत प्राप्त गरे ।
कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइटेल ७०४ मत सहित विजयी भय उनका प्रतिस्पर्धी राप्रविसका अमन रायले ५४४ मत प्राप्त गरेका छन् ।

हेटौंडा क्याम्पसमा अनेरास्ववियुका अध्यक्ष उम्मेदवार अभि मैनाली २५१ मत प्राप्त गरेर निर्वाचित भए। उनका प्रमुख प्रतिस्पर्धी अखिल क्रान्तिकारीका दिपक वाइबा तामाङले ११९ मत प्राप्त गरेका थिए। सचिव पदमा अनेरास्ववियुका गणेश तिमल्सिना २७१ मतसहित विजयी भए, जसमा उनका प्रतिस्पर्धी क्रान्तिकारीका ईश्वर ढुङ्गेलले ९१ मत प्राप्त गरे। कोषाध्यक्षमा नेविसंघका सुरज बोलखेले २३६ मत प्राप्त गरे, भने क्रान्तिकारीकाकी प्रास्ना दोङले ११५ मत प्राप्त गरिन्।

समानुपातिक तर्फ अनेरास्ववियुले २२०, अखिल क्रान्तिकारीले ९५ र नेविसंघले ५७ मत प्राप्त गरेका छन्।
निर्वाचनमा ३७४ विद्यार्थीले मतदान गरेका थिए ।

यसैगरी, हेटौंडाको वन विज्ञान क्याम्पसमा पनि नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलबाट श्यामराज भट्ट २४६ मत सहित सभापति पदमा विजयी भए। सचिवमा अनेरास्ववियुका सुगम भुसाल क्षेत्री २६७ मतसँग जित हासिल गर्न सफल भए।

यसरी मकवानपुरका विभिन्न क्याम्पसहरुमा अनेरास्ववियुले प्रमुख पदहरुमा विजय प्राप्त गर्दा, यसले आगामी दिनहरुमा विद्यार्थी संघर्ष र गतिविधिहरुमा यसको प्रभावलाई थप सशक्त बनाउने सम्भावना झल्काएको छ।

अर्कोतर्फ, निर्मल बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुले बहुमत प्राप्त गर्दै नेतृत्व हात पारेको छ।जहाँ ८७ मतदातामध्ये ८४ मत खसेको थियो, जसमा अनेरास्ववियुका अध्यक्ष उम्मेदवार प्रशान्त भण्डारीले ५३ मत प्राप्त गरेर विजय हासिल गरे। उनको प्रतिस्पर्धी अखिल समाजवादीकि नविना घलानले ३१ मत प्राप्त गरिन । त्यसैगरि सचिवमा मुना भण्डारी, कोषाध्यक्षमा सविन अर्याल विजयी बने ।

यी सबै चुनावी नतिजाले अनेरास्ववियुको प्रभावलाई अझ बढी मजवुत बनाएको छ, र आगामी दिनहरुमा यसले विद्यार्थी गतिविधिहरुमा थप आवाज र समृद्धि ल्याउने विश्वास गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*