प्रचण्डको तस्वीर जलाउने राप्रपाका नेता निराजन बम रिहा

संवाददाता
२०८१ चैत्र २, आईतवार २१:०७

हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता निराजन बम रिहा भएका छन् । आइतबार साँझ नै उनलाई प्रहरीले रिहा गरेको हो।

बमलाई चितवनबाट आइतबार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो । बमको रिहाइका लागि राप्रपा मकवानपुरका कार्यबाहक अध्यक्ष सागर थापा र नेकपा माओवादी केन्द्रका मकवानपुर संयोजक भीम पाख्रिन तथा नेता प्रेमबहादुर पुलामीबीच सहमति भएको राप्रपा सहकोषाध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए ।

रिहाइलगत्तै बमलाई हेटौंडा–२ स्थित राप्रपा कार्यालयमा स्वागत समेत गरिएको छ । पक्राउ परेका कालिकोटका बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव समेत हुन् । उनलाई भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । उनले हेटौंडाको एक कार्यक्रममा शनिबार प्रचण्डको तस्वीर जलाएका थिए ।

 

 

 

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*