विपद अपडेट : १ सय २५ जनाको मृत्यु , ६४ जना बेपत्ता र ६१ जना घाइते

संवाददाता
२०८१ आश्विन १३, आईतवार १४:३५

काठमाडौ । पछिल्लो तीन दिनदेखि अाएकाे अविरल वर्षाबाट निम्तिएकाे विपद्मा परी १ सय २५ जनाको ज्यान गएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा ६४ जना अझै बेपत्ता छन् भने ६१ जना घाइते भएका छन् ।

बाढी र पहिराेमा परी सबैभन्दा धेरै उपत्यकाका तीन वटा जिल्लामा मात्रै ६३ जनाको ज्यान गएको छ । काठमाण्डौमा ३९ जना, ललितपुरमा १९ जना र भक्तपुरमा पाँच जनाको ज्यान गएको छ । यस्तै काभ्रेमा १८ जना, सिन्धुपाल्चोकमा नौ जना, मकवानपुरमा सात जना तथा पाँचथर र सोलुखुम्बुमा पाँच/पाँच जनाको ज्यान गएको छ ।

यस्तै बाढी र पहिराेमा परी काभ्रेमा २३ जना, ललितपुरमा १५ जना, काठमाण्डौमा ६ जना, दोलखामा चार जना र पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । ३६ सय जनाभन्दा धेरैको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न जिल्लामा ज्यान गुमाउने र बेपत्ता हुनेहरूको विवरण सङ्कलन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । बाढी र पहिरोमा परेर अहिलेसम्म तीन सय २२ वटा घर बगेका छन् । यस्तै चार वटा पक्की पुल र दुई वटा बेलिब्रिजसहित १६ वटा पुल पनि बगेका प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*