जनताले सरकारको प्रत्यक्ष अनुभुति गर्ने पहिलो राज्यको अंग प्रहरी प्रसारण हो : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुुर सिंह लामाले जनताले सरकारको प्रत्यक्ष अनुभुति गर्ने पहिलो राज्यको अंग प्रहरी प्रसासन रहेको बताउनु भएको छ ।
बुधवार बागमती प्रदेश प्रहरी कार्यालयको नवनिर्मित प्रसासनिक भवनको उद्धाटन गर्नु हँुदै मुख्यमन्त्री लामाले यस्तो भन्नु भएको हो ।
नागरीकले आफुले भोगेको समस्या आफ्नो पहलबाट समाधान नभए पश्चात राज्यबाट सहयोगको आशा गर्ने र जनताको त्यो आसालाई संवोधन गर्ने राज्यको पहिलो निकाय प्रहरी प्रसासन भएको बताउनु भयो । उहाले नागरीकको राज्य प्रतिको धारणा निर्माणमा पहिलो भुमिका प्रहरी प्रसासनको भएको बताउनु भयो । उहाँले प्रदेशको हेडक्वाटरको रुपमा स्थापित सुविधा सम्पन्न भवनबाट प्रदेश भर शान्ति सुरक्षा कायम गर्ने प्रहरीको जिम्मेवारी पुरा गर्नकालागि थप सहजता मिल्ने विश्वास ब्यक्त गर्नु भयो ।

७ सय ४ दशमलव २५ वर्ग मिटर क्षेत्रफलमा पार्किङ्ग रहेको नवनिर्मित कार्यालय भवन, १ हजार ३ सय १८ बर्ग मिटरमा फैलिएको छ । ४ तल्लाको भवनमा प्रत्यक तल्लामा महिला र पुरुषको छुट्टाछुट्टै शौचालय रहेको छ । भवनमा जम्मा १ सय १३ वटा कोठाहरू रहेका छन् । पूर्वाधारहरु निर्माण कार्यको लागि नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पुर्वाधार निर्देशनालयबाट स्वीकृत गरेकोे २५करोड ३० लाख ७२ हजार ५७ रुपैयाको लागत अनुमानमा बहुबर्षिय योजना अन्तर्गत स्वीकृत गराई मुल्य अभिविद्धि कर सहित १७ करोड ८६ लाख ५७ हजार ६ सय ७० रुपैया ६५पैसामा निर्माण सम्पन्न गर्ने गरी २०७८ साल चैत्र २८ गते हनुमान कन्स्ट्र«क्सन र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा बिच निर्माण सम्झौता भएको थियो । पुन केहि सरसामान थपघट गरी १७ करोड ५१ लाख २७ हजार ४ सय ४० रुपैयाँ ३३ पैसा परिमार्जित सम्झौता गरीएको थियो ।
दुई चरण गरी जम्मा २० करोड ५४ लाख ५२ हजार ४१ रुपैयाँको लागतमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको भौतिक संरचनाको निर्माण सम्पन्न भएको हो । मुख्यमन्त्री बहादुुर सिंह लामाको प्रमुख आतिथ्यतामा बागमती प्रदेश प्रहरी कार्यालयको नवनिर्मित प्रसासनिक भवन उद्धाटन कार्यक्रम सम्पन्न भएको थियो ।












