काठमाडौँ महानगरभित्रका विद्यालयहरूमा बाढी प्रभावितको आश्रय, ७० विद्यालय तयारी अवस्थामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका पाँच वटा विद्यालयमा बाढीको जोखिममा परेका नागरिकहरूलाई सुरक्षित रूपमा आश्रय दिइएको छ। महानगरपालिकाको शिक्षा विभागका अनुसार, तत्कालका लागि महानगरभित्रका ७० वटा विद्यालयलाई आश्रयस्थल (सेल्टर) का रूपमा प्रयोग गर्न सकिने तयारी गरिएको छ।
प्रभावित परिवारहरूका लागि खाने र बस्ने व्यवस्था काठमाडौँ महानगरपालिकाले गरिरहेको छ। विश्व निकेतन, त्रिपुरेश्वर ७० जना ,गुह्येश्वरी ५२ जना,जन विकास विद्यालय, कुलेश्वर ५२ परिवार (२५१ जना),महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकु २० जनाले बाढी पिडितले आश्रय लिरहेका छन्।
महानगरले अन्य विद्यालयहरूलाई पनि आवश्यक परेमा आश्रयस्थलका रूपमा सञ्चालन गर्ने तयारी गरेको छ।
सार्वजनिक सुरक्षाका लागि महानगरपालिकाले सबै नागरिकलाई जोखिमयुक्त स्थानहरूमा नजान अनुरोध गर्दै सुरक्षित रहन आग्रह गरेको छ।