नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सकारका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमवार बिहान नवनियुक्त मन्त्रीहरु कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोनपनीयताको शपथ गराउनुभएको हो ।
प्रधानमन्त्री कार्कीले आईतवार घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास, अर्याललाई गृह र कानून तथा संसदीय मामिला र खनाललाई अर्थमन्त्रीमा नियुक्त गर्नुभएको थियो । ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्नुभएको थियो ।
गृहमन्त्री अर्याल काठमाडौं महानगरपालिकाको कानूनी सल्लाहकार हुनुहुन्थ्यो । अर्थमन्त्री नियुक्त खनाल पूर्व राजश्व सचिव हुनुहुन्छ । जेन–जी पुस्ताको आन्दोलन उग्र भएपछि २४ भदौमा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको थियो ।जेन–जीको प्रश्तावमा राष्ट्रपथि रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
नवनियुक्त मन्त्रीहरुले सोमवार नै पदभार ग्रहण गर्दै हुनुहुन्छ । अन्य सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्नुहुनेछ ।