नागरिकको प्रजातान्त्रिक अधिकारको अभ्यास सुनिश्चित गर्न राष्ट्रसंघको आग्रह

संवाददाता
२०८२ भाद्र २३, सोमबार २०:४३

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालमा नागरिकले प्रजातान्त्रिक अधिकारको अभ्यास गर्ने कुरालाई सुनिश्चित गर्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजक हना सिंगर–ह्याम्डीले सामाजिक सञ्जाल एक्समार्फत यस्तो आग्रह गरेकी हुन् ।

आजको जेनजी प्रदर्शनमा प्रदर्शनकारीहरूको मृत्यु भएको तथा घाइते भएको घटनाले आफू साह्रै दुखी भएको उनले बताएकी छन् । साथै, यसबाट प्रभावित परिवारप्रति पनि उनले समवेदना समेत प्रकट गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*