हेटौंडामा आयुर्वेद चिकित्सालयको नयाँ भवनको उद्घाटन

संवाददाता
२०८२ असार २९, आईतवार १४:०९

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ मा निर्माण सम्पन्न भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको नयाँ भवनको उद्घाटन भएको छ ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आइतबार औपचारिक रूपमा भवन उद्घाटन गर्दै आयुर्वेदलाई ‘सपोर्टिभ हेल्थ सिस्टम’ का रूपमा मात्र नभई, भविष्यको दीगो उपचार माध्यमको रूपमा विकास गर्ने लक्ष्य राखिएको बताएका छन् । उपचारका लागि आउने विरामीलाई यहीँ भर्ना गरेर पूर्ण रूपमा उपचार सेवा दिने गरी तयारी थालिएको मन्त्री थापाले बताए।

मन्त्री थापाका अनुसार हाल चिकित्सालयले १० प्रकारका आयुर्वेदिक औषधी उत्पादन गरिरहेको छ भने निकट भविष्यमै थप ११ प्रकारका औषधी यहीँ उत्पादन गरिनेछ । अस्पताललाई ५०० शैयाको दरमा स्तरोन्नति गर्ने लक्ष्य लिएको मन्त्री थापाले बताए ।

साढे ७ करोड रुपैयाँको लगानीमा बनेको भवनको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य एका लाल श्रेष्ठ, प्रेम बहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलगायत विभिन्न तहका जनप्रतिनिधि तथा सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*