विपतमा परी अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुग्यो
काठमाडौं । देशभर परेको अविरल बर्षाले जनजिवन कष्टकर बनाएको छ । मुलुकको विभिन्न स्थानमा डुबान र बाढिपहिरो गएको थियो भने अझै उद्धार कार्य भईरहेको छ ।
अघिल्लो हप्ताको बाढीपहिरो र डुबानले जनजधको क्षेति गर्नुको साथै मानवीय क्षेति पनि भएको छ । अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुगेको छ भने विपद्का कारण एक सय ७८ जना घाइते भएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ । अघिल्लो हप्ताको बाढीपहिरो र डुबानमा परी अझै १८ जनाको अवस्था थाहा हुन सकेको छैन ।
बेपत्ता भएकाहरुको निरन्तर खोजी भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिनुभयो । राहत तथा सहायता परिचालन र अवरुद्ध सडक खुलाउने गरी काम भइरहेको गृह प्रवक्ता तिवारीले बताउनुभयो ।