खेलकुद
साफ महिला च्याम्पियनशिप: दशरथ रंगशालामा आरम्भ हुँदै
साफ महिला च्याम्पियनशिप आजदेखि काठमाडौँको दशरथ रंगशालामा आरम्भ हुँदैछ। यो प्रतियोगिता कार्तिक १४ गतेसम्म चल्नेछ। उद्घाटन खेलमा भारत र पाकिस्तानको भिडन्त हुनेछ, जबकि नेपाल भोलि भुटानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगितामा समाबेश हुने छ। नेपालको समूहमा भुटानसँगै माल्दिभ्स र श्रीलंका रहेका छन्। यस प्रतियोगिताले महिला फुटबलको विकासमा थप गति प्रदान गर्ने...
एन्फाको लापरबाहीले ६ खेलाडीको ज्यान जादाँ छानबिन समिति गठन नगरेकोमा अध्यक्ष कमल थापाको आपत्ति
मकवानपुर । गएको असोज १२ गतेको अबिरल बर्षापछि आएको बाढीमा परी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर ६ किशोर खेलाडीको मृत्यु भएको थियो । अखिल नेपाल फुटबल संघ(एन्फा)को गैरजिम्मेवारीले गर्दा ती खेलाडीको मृत्यु भएको भए पनि सरकारले छानबिन समिति गठनसम्म नगरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आपत्ति जनाएका...
मकवानपुरगढीको धादिङ चौरमा फुटबल प्रतियोगिता सम्पन्न, प्रथम अध्यक्ष हुमागाईंद्वारा युवा खेलाडीहरूको प्रशंसा
मकवानपुर, २३ असोज – गढी गाउँपालिकाको धादिङ चौरमा आयोजित तीनदिने फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको आयोजना गढी ५ का युवा खेलाडीहरूले गरेका थिए। २१ गतेबाट सुरु भएको खेलको फाइनलमा बुङ्गदल फुटबल क्लबले धादिङ फुटबल क्लबलाई २-१ गोलको अन्तरले पराजित गर्दै उपाधि जितेको हो। प्रतियोगितामा कुल ६ वटा...
विकल रेग्मीको सम्झनामा: विकल स्मृति फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा
निजगढ नगरपालिकाले हरेक वर्ष विकल स्मृति जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। यो घोषणा नगरप्रमुख सुरथ पुरीले आज निजगढमा आयोजित श्रद्धाञ्जली सभामा गरेका हुन्। यस प्रतियोगिताको आयोजनाले १२ गते खसेको पहिरोमा ज्यान गुमाएका ६ जना प्रशिक्षार्थी खेलाडीको सम्झनामा समर्पित हुनेछ। जसमध्ये विकल रेग्मी, जो निजगढ-८ निवासी हुन्...




