Banner News

नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधनः के–के भयो परिवर्तन ?

काठमाडौं । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा र भारत सरकारका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीचको दुईपक्षीय भेटपछि प्रोटोकल संशोधन गर्दै लेटर अफ एक्सचेन्ज आदान प्रदान गरिएको हो । सो अवसरमा नेपाल र भारतबीच सम्पन्न पारवहन सन्धिको प्रोटोकलमा...

हेटौंडामा ट्रामाडोल ८३०० क्याप्सुलसहित ५ जना पक्राउ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरामा लागुऔषध ट्रामाडोल ८३०० पिस क्याप्सुलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ ट्रामाडोल ८३०० पिस क्याप्सुल पेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।। पक्राउ पर्नेहरूमा हेटौंडा–१५ बसोबास गदैं आएका मकवानपुरको स्थायी...

दुर्गा प्रसाईंको समूहले सरकारसँग राख्यो २७ बुँदे माग

काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहले सरकारसँग २७ बुँदे माग राखेको छ । सरकार र प्रसाई समूहबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको वार्तामा आफ्ना जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराईएको नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले जानकारी दिनुभयो । प्रसाईं समूहले...

ओली हावा कुरा गर्छन्, ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गर्नुभएको छ । बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले...

होटल हयात रिजेन्सीद्वारा १३३ श्रमिक कटौतीको घोषणा

काठमाडौं । जेन–जी आन्दोलनको कारण देखाउँदै बन्द भएको पाँचतारे होटल हयात रिजेन्सीले श्रमिक कटौटीको घोषणा गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाउँदै १३३ जना श्रमिकको कटौती गर्ने निर्णय गरेको हो । यो निर्णय...

सरकार र दुर्गा प्रसाईंको समूहबीच गृह मन्त्रालयमा छलफल शुरु

काठमाडौं । सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । बुधवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईंको समूहसँग सरकारले छलफल गरेको हो । वार्तामा प्रसाईं भने सहभागी हुनुहुन्न । प्रसाईंको समूहबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र...

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदीलाई मंगलबार पदमुक्त गरेका हुन् ।मन्त्रिपरिषद् बैठकले सोमबार उनलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम मधेश प्रमुख...

२ लाख ४६ हजार ४०० रुपैयाँमा कारोवार हुदैछ सुन

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँ बढेको छ । मंगलबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य यससँगै छापावाल सुन मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ । यसअघि सोमबार उक्त सुन तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।...

निकोलस भुसाललाई छाड्न सर्वोच्च अदालतले गर्यो अस्वीकार

काठमाडौं। सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा कमल भुसाल उर्फ निकोलस भुसाललाई छाड्न अस्वीकार गरेको छ । भुसालले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै उनीमाथिको छानबिन छिटो सक्न विपक्षी गृह मन्त्रालयको नाममा परमादेश जारी गरेको छ । भड्काउपूर्ण अभिव्यक्तिपछि...

नेपाली कम्युनिस्ट पार्टीलाई अध्यक्ष ओलीले दिए ज्येष्ठ नागरिक आश्रमको संज्ञा

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा अर्के आन्दोलन भएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौँमा भएको एमालेको ‘घर फर्क अभियान’ लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् । उनले जेनजी आन्दोलनका क्रममा थुप्रैको ज्यान गएको भन्दै त्यसबाट सार्वभौम जनताले छानेको सर्वोच्च...