Banner News

निर्वाचनका लागि ७९ प्रकारका सामग्री आवश्यकः १४ सामग्री खुला प्रतिष्पर्धाबाट किन्ने तयारी

काठमाडौं । गत २३ र २४ भदौको जेन–जी विद्रोहपछि गठित अन्तरिम सरकारले अगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । निर्वाचनको वातावरणका लागि संवद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले राजनीतिक दल र जेन–जी प्रतिनिधिसँग समेत चरण चरणमा छलफल गरिरहेको छ । घोषित मितिमा निर्वाचन...

माधव नेपालको खोटका कारण पार्टी विलय हुँदैछ, नयाँ पार्टी निर्माण गर्ने प्रक्रियामा संकल्प लिएर अघि बढौँः झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गर्नुभएको छ पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने जिकिर गर्नुभएको हो । नेता खनालले सम्पूर्ण नेता,कार्यकर्ताहरुलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा लाग्न आग्रह गर्नुभयो ।...

राष्ट्रपति पौडेल कतार प्रस्थान (तस्बिरसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गर्नुभएको छ । सोमवार बिहान पौडेल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रस्थान गर्नुभएको हो । कतारको दोहामा आयोजना हुने सेकेण्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ण्ट कार्यक्रममा भाग लिन पौडेल कतार प्रस्थान गर्नुभएको हो । उहाँ कात्तिक १७ देखि २० गतेसम्म कतारमा रहनुहुनेछ...

एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण हुन्छ– नेता खनाल

काठमाडौं । नेपालको वाम आन्दोलन फेरि एकपटक वैचारिक मोडमा उभिएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेमा फर्कने सम्भावनालाई जोड दिँदै समाजवादी क्रान्तिको बाटो अपनाउनुपर्ने शर्त राख्नुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा एमालेप्रति माया रहे पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुस्थिर चिन्तन नभएको भन्दै...

जेन–जी पुस्ता र माओवादी केन्द्रको धारणा साझा हुन्ः अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले जेन–जी पुस्ता र आफ्नो पार्टीबीच साझा धारणा रहेको दाबी गर्नुभएको छ । आईतवार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले जेन–जीले उठाएका माग आफूहरुले यस अघि नै उठाएको माग भएको जिकिर गर्दै उनीहरुसँग आफ्नो पार्टीको सोच, विचार...

नियमित महाधिवेशनको माग गर्दै सानेपामा प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । नियमित महाधिवेशनको माग गर्दै काँग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन भएको छ । आईतवार दिउँसो सानेपास्थित नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा नेपाल विद्यार्थी संघसहितका पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली काँग्रेस र हरेक तहको निर्वाचनमा ४० मुनिका ४० प्रतिशत युवालाई समावेश गर्न...

ढुङ्गा झरि कान्तिलोकपथ सडक खण्ड पूर्ण अवरुद्ध

हेटौँडा। मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा स्थित कान्तिलोकपथ सडक खण्डमा सडक माथिबाट ठूला ढुङ्गा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान ६ः५५ बजे माथिबाट ठूला ढुङ्गा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो । घटनाबारे जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट जितपुर, मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला...

आज हरिबोधनी एकादशी, तुलसी दामोदरको विवाह गरी मनाइँदै

काठमाडौं । आज हरिबोधनी एकादशी । भगवान विष्णु नारायणको पूजा आराधना गरी मनाइँदैछ । हरिबोधनी एकादशीमा तुलसीको दामोदरसँग विवाह गरिन्छ । आज काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायण, विशंकुनारायण, शेषनारायण, इचंगुनारायणमा र पशुपतिनाथ लगायतमा विशेष मेला लागेको छ । हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष...

माओवादी केन्द्रसँग पार्टी एकताबारे एकीकृत समावादीभित्र मतभिन्नता

काठमाडौं । नेकपा (एकीकृकत समाजवादी) र नेकपा माओवादीबीच पार्टी एकताबारे समाजवादीभित्र नेताहरुबीच मतभिन्नता देखिएको छ । पार्टीका केही नेताहरुले माओवादी केन्द्रसँग हतारमा पार्टी एकता गर्न नहुने धारणा राखेका छन् भने केही नेताहरुले सिद्धान्त र कार्यनीति मिल्ने पार्टीसँग पार्टी एकता गर्नु सकारात्मक पक्ष भएको धारणा राखेका छन् । एकीकृत समाजवादीका...

सात दिने सूचनाले सुकुम्वासीमा हलचल, बल प्रयोग गरे प्रतिवाद गर्ने सुकुम्वासी मोर्चाको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणले धोबीखोला, वागमती लगायतका नदी किनारका अवैधानिक संरचना हटाउन सात दिने सूचना जारी गरेपछि सुकुम्वासी समुदायले विरोध जनाएको छ। संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका महासचिव अर्जुन कुँवरले उक्त सूचना कानूनी प्रक्रिया र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका विपरीत रहेको भन्दै नमान्ने घोषणा गर्नुभएको छ।...