चिहानकी रानी
मनोबाद । सुनसान जङ्गल , घन्घाेर अनि अंधकार, टाढा टाढासम्म काेहि छैन् । छिस्रिक छिस्रिक आवाज आउने । कतै मान्छे राेकाे जस्ताे त कतै हास्ने । जंगलमा फेला पर्छन् त सिर्फ कंकाल अनि अस्तिपंजरहरु । कसैले निर्दयी तरिकाले लुछेकाे जस्तो । तनमा राेग अनि मनमा भाेग । टाढा टाढासम्म छरिएको खाेव्ब । अनि चारै तिर फैलिएकाे खुंखार छाप । जीव जनावरमा पनि हरेक क्षण डरकाे मात्रै आभास । झर झर झरेकाे झर्ना लाग्छ स्रापित छन्।
वर्षौंदेखि देखि रगतकाे खाेलाे बगेकाे जस्तो । त्यहि नजिकै छेउमा पाईलाकाे डाेप । लाग्छ कि काेहि हिँडी रहेकाे छ बाेकेर बर्षै देखिकाे भाेक ।
छिसिक्क छिसिक्क । पछाडि काेहि छ । स्वाँ स्वाँ कान नजिकै लामाे सास फेरेकाे स्वर । अन्धकार मय जंगल ,लाग्याे औंशीकाे कालाे रात नै हाे । जंगलमा छुन मनाई छ । चुपचाप सुन्सान भयाे एक छिन । डरै डर अनि भयावह समय । उ माथिबाट आयो ,तलबाट आउँछ , दायाँ , बायाँ हेरि रहे। ठुला ठुला रुख ,डलेर थिच्ला झै लाग्ने । केही भएकाे चिहान । त्यहा जान हुन्न । भड्केकाे आत्माले मार्दिन्छ , घिसारि घिसारि लगेर खाईदिन्छ । आत्तियाे मन , जाउ कहाँ के गरु छटपटि भयाे ।
फेरि काे आयाे , टिक्क टिक्क टिक्क हिनेकाे आवाज । अब के गर्ने ? उ गित गायाे कसले । मधुर साेर अनि रुन्चे बाेलि । एक्लै एक्लै छु म , हरायाे आभास । हिहि हिहि …बर्ष बित्याे , चाहा छुट्याे काेहि आएनन् । हुहुहुहु … थप्प थप्प आसु खस्न लाग्याे ।बसेकि छु म कुरेर ,खण्डित भएम , डरकाे राेम राेम रहे मा। हिहिहिहि … उखुम उखुम… लामाे लामाे हुँदै गयाे श्वास । जवाना छुट्याे ,रंग छुट्याे , बेरंग भए म चियान कि रानी ।
हहहहह अचानक गित बन्द भयाे । फेरि सुन्सान…डर बढ्दै गयाे । बिस्तारै बिस्तारै बढ्दै छ पाइला । गन्तव्यकाे खाेजिमा । टाडा जंगलकाे बिचमा एउटा १०० बर्ष पुरानाे बस्ति , कसरी जाउ । चिरिमिरि चिरिमिरि… किरिक किरिक किरिक…, आवाज आयाे ।
फेरि डर बढ्दै गयाे । सतर्क छ बसाई , कान डाडो पारेर सुन्दै । काटाक कुटुन…कसले केही खाएकाे जस्तो । अलि पर गए, नजिकै छ चियान । मिर्ग चपाई रहेकाे चियान माथि बसेर । रगतले लत्पत ,राता आँखा , लामा लामा केस डर लाग्दाे देखेर साताे उठ्यो । फेरि गित सुरु भयाे , आउ है मलाई भेट्न । साचि राखेकाे बर्षैकाे सम्झना मेट्न , कुरि बसे छु म चिहानकी रानी…।