एक हात नभएका राजेन्द्र, आफैं माेटरसाईकल चलाएर मेचीमहाकाली यात्रा गर्ने सोचमा !

अम्बिका बस्नेत
२०८१ भाद्र १४, शुक्रबार ०७:४७

हेटौंडा। जुनसुकै किसिमको सवारी साधन चलाउनकाे लागि दुवै हात प्रयाेग गर्नु पर्ने हुन्छ । “अटाे र माेटरसाईकल” यी प्रकृतिकाे सवारी साधन चलाउनकाे लागि दुवै हात अनिवार्य  हुन्छ । असम्भव कुराहरू सम्भव भएकाे बिरलै मात्र देख्न पाइन्छ । त्यस्तै एक व्यक्ति जसले  आफू अपाङ्ग् भए पनि सजिलाे सँग मोटरसाईकल चलाई राखेका छन् ।

मधेस प्रदेशकाे पर्सा जिल्ला सकुवा, पसैनि -0२ रंगपुर घर भएका राजेन्द्र बहादुर दमाईकाे एउटा हात छैन । उनी एउटै हातले माेटरसाईकल चलाएर आफ्नो गन्तव्य सम्म पुगि राखेका छन् । ४६ बर्षका राजेन्द्र अपाङ्ग भएका व्यक्तिले पनि आँट र हाैसला राखे हरेक कुरा पूरा गर्न सक्छ भन्ने एक उदाहरण हुन् ।
राजेन्द्रले लामो समय सम्म ट्रकमा काम गरे ।
ट्रकमा काम गर्ने क्रममा २०५९ सालमा चितवनको गैडाकाेट स्थित पराल बोकेको ट्रकमाथी चाडेर तार हटाउन लाग्दा ११ हजार भाेल्डेजकाे करेन्ट लागेकाे उनी बताउँछन् । साेहि घटनाले उनकाे एउटा हातनै काट्नु परेकाे थियाे रे । अहिले उनकाे एउटामात्र हात छ र एउटा हातले नै उनी माेटरसाईकल चलाएर पुर्ब पश्चिम् गर्छन् ।

यहि अवस्थामा पनि माेटरसाईकल , अटाे समेत चलाउन सक्ने उनी बताउँछन् । आफुलाई सहज हुने तरिकाले मर्मत गरेर उनले माेटरसाईकल चलाएका छन् । एक हातले माेटरसाईकल चलाउदा पनि दुई वटै हातले चलाकाे महसुस हुने उनले बताए ।

आफ्नाे यस्तो अवस्थाबाट पनि हरेस नखाएका दमाईले उक्त अवस्थामा जहाँ पनि पुग्न सक्ने बताए । यहि अवस्थामा उनी पुर्व लाहन देखि काठमाडौ सम्म पुगेकाे बताउँछन् । सवारी साधन चलाउँनकाे लागि भने उनिसँग लाईसन नभएकाे उनी बताउँछन् ।

यात्राको क्रममा ट्राफिकले सोधपुछ गर्ने गर्छ तर पनि अहिलेसम्म दुख नदिएकाे उनले बताए । राजेन्द्रलाई मेचि महाकाली भ्रमण गर्न मन भएकाे कुरा सुनाउँछन् , तर आर्थिक अवस्था कमजाेर भएकाे उनी बताउँछन् । उनले माेटरसाईकलमा नेपालकाे झण्डा बाेकेर हिडेका छन् । झण्डा देशकाे सान र राष्ट्रियताकाे एउटा चिनाे भएकाे हुँदा उनले झण्डा बाेकेर हिनेकाे बताए ।

छोरा श्रीमती र उनी गरि ३ जनाको परिवार भएका दमाईको हाल कुनै आय आर्जनको श्रोत छैन । श्रीमतीले सानो किराना पसल गर्छिन् । तेहि पसलको आम्दानीले राजेन्द्रको परिवार चलेको छ । आर्थिक अभावकाे कारण छाेरालाई चितवन जगतपुरकाे अनाथ आश्रमकाे काेरियन स्कुलमा पढाई रहेका छन् ।

कतै बाट आर्थिक जोहो भए आफू मेचीमहाकाली माेटरसाईकल यात्रामा निक्लने उनले बताए । अपाङ्ग भएको कारण केही गर्न सकिदैन भन्ने भ्रमलाई चिर्न आफू मेचीमहाकाली यात्रामा निक्लने सोचमा रहेको उनले सुनाए ।

” हामी सहजै माेटरसाईकल चलाएर देश भर हिंड्न सक्छौं , हिडि पनि रहेकाछौं तर भवितव्य केहि घटना घट्याे भने हामी संग कागज नभएको कारण सजाय भोग्न बाध्य हुन्छौं ” उनी दुखेसो पोख्छन् । अपाङ्गता भएपनि सीप र क्षमता भएका हरुलाई सीप परिक्षण गरेर सरकारले सवारी चालक अनुमतिपत्र दिनु पर्ने उनको माग छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*