राजनीति

जेन–जी आन्दोलनमा मृत्यु भएकालाई सरकारले गर्‍यो शहीद घोषणा

काठमाडौं । जेन–जी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरेको छ । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णयमा हस्ताक्षर गर्नुभएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिनुभयो । २३ र २४...

नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । । प्रधानमन्त्री कार्कीले आईतवार विहान साढे ११ बजे सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिएको छ । उहाँ शनिवारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आउनुभएको छ...

मकवानपुरमा जेनजी आन्दोलनबाट ३३ संरचना खण्डहरमा परिणत

हेटौंडा । देशभर भएको जेनजी आन्दोलनले देशभर झैं मकवानपुरमा पनि ठूलो विध्वंस मच्चाएको छ । भ्रष्टाचार, सरकारी व्यवस्था र सामाजिक अन्यायविरुद्ध उठेका युवाहरूको आन्दोलनले सरकारी तथा सार्वजनिक संरचनामा आगजनी र तोडफोड भएको छ । भदौ २३ गते आन्दोलन उत्कर्षमा पुग्दा मकवानपुर जिल्लामा मात्रै ३३ वटा सरकारी, राजनीतिक,सार्वजनिक तथा निजी...

संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिने प्रयास भईरहेको बताउनुभएको छ । विहीवार एक विज्ञप्ति जारी गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो । उहाँले देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार विमर्श...

आन्दोलनको क्रममा भागेका कैदीबन्दीहरूमध्ये १६६ जना नियन्त्रणमा

हेटौंडा । आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूमध्ये हालसम्म १६६ जना पक्राउ परेका छन्। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त सुराकी तथा कारबाहीका आधारमा देशका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। मकवानपुर जिल्लाको भिमफेदी कारागारमा एक नाबालक सहित १ हजार ६६ कैदी संख्या रहेकोमा ४...

तारकेश्वर वडा नम्बर ११ को वडा कार्यालयमा आगजनी (तस्बिरहरु)

काठमाडौं । तारकेश्वर वडा नम्बर ११ को वडा कार्यालयमा जेनजीहरुले आगो लगाएका छन् ।

दोस्रो दिन  जेन जी प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । आन्दोलनको दोस्रो दिन बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा जेन जी पुस्ताले प्रदर्शन गरी रहेका छन् । जेन जी पुस्ताले काठमाडौं उपत्यकासहित देशभर नै आन्दोलन चर्काउँदै लागेका छन् ।

जेन–जी आन्दोलनः विपक्षी दलहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै...

कर्फ्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि जेनजीको प्रदर्शन सुरु

काठमाडौं ।  नयाँ पुस्ताका युवा (जेनजी)हरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन् । हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । बानेश्वरको संसद...

प्रधानमन्त्री ओली द्धारा दुख व्यक्त , सामाजिक सञ्जाल माथिको प्रतिवन्ध हटाईयो

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भएको भन्दै दुख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सोमबार सांझ बालुवाटारमा मन्त्रीपरिषद् बैठक सकिएपछि आफ्नो भनाई विज्ञप्ती मार्फत सार्वजनिक गर्दै सरकारले सामाजिक सञ्जाल नियमन गर्न सरकारले गरेको...