Banner News
काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना तिराउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत्र १५ गते पूर्वराजाका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा नोक्सानीको विवरणसहितको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पठाएको छ । शनिबार सबै घटनामा कुल नोक्सानी रकम सात लाख ९३ हजारसहितको पत्र महानगरले शाहलाई पठाएको हो । उक्त पत्र निर्मल निवासमा पठाइएको महानगरले जनाएको छ । उक्त पत्रहरुमा...
पत्रकार रजकको हत्याको विरोधमा हेटौंडामा प्रदर्शन
हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा पत्रकार हत्याको विरोधमा शनिबार हेटौंडामा प्रदर्शन गरिएको छ । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा देशैभरी जस्तै मकवानपुरका पत्रकारहरू पनि आन्दोलित भएका छन् । हेटौंडाको पल्पसासभागृहबाट सुरु भएको पत्रकारहरुको प्रदर्शन...
ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु
हेटौंडा । हेटौडा उपमहानगरपालिका १९ ज्यामिरेमा ट्याक्टर दुर्घटनामा परि चालकको मृत्यु भएको छ । ट्याक्टरले च्यापिदा सद्दाम हुसेनको घटनास्थलमा नै मृत्य भएको प्रहरीले जनाएको छ । बर्ष १९ काे सद्दाम हुसेनको घटनास्थलमा नै मृत्य भएको हाे ।ट्याक्टर चालक पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका ४ हरपुर बस्ने हुसेनको घटनास्थलमा नै मृत्य...
शुक्रवारको प्रदर्शन राजनीतिक होइन, अपराधिक कदम हो : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते पूर्वराजावादी समर्थकहरुबाट आगजनी भएका भवनहरुको अनुगमन गरेका छन् । शनिबार उनले उक्त भवनहरुको स्थलगत अनुगमन गरेका हुन् । सोही क्रममा उनले यो कुनै राजनीतिक दर्शनभन्दा पनि अपराधिक काम भएको भन्दै यसको लागि सरकारले आवश्यक कारबाही गर्ने बताए । सञ्चार गृहलगायत सम्पूर्ण...
आज काठमाडौं उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै
काठमाडौं । आज चैत्र कृष्ण औँसी अर्थात घोडे जात्रा । आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ । आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ । यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ । यही पाहा नख मा पछि घोडा...
कफ्र्युको समयमा सडकमा उत्रिएका प्रदर्शनकारी लखेटिए
काठमाडौं । शुक्रबार काठमाडौंमा राजावादीहरुको प्रदर्शन तितरवितर भएपछि सिंनामंगल क्षेत्रमा प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले लखेटेको छ । शुक्रबार साँझ सिनामंगलको ओरालोलगायत रिंङरोड क्षेत्रमा प्रदर्शन गर्दै टायर बाल्ने आन्दोलनकारीलाई प्रहरीले लखेटेको हो । विभिन्न स्थानमा आगजनी र तोडफोड गर्दै हिंडेका आन्दोलनकारीहरुलाई प्रहरीले सिनामंगल क्षेत्रबाट लखेटेको हो । जिल्ला प्रशासन कार्यालय...
जलेर एभिन्युज टेलिभिजनका पत्रकारको गयो ज्यान, प्रदर्शन क्रममा गोलि लागेका युवकको मृत्यु,
तीनकुनेको भवनमा राजाबादीहरुले गरेको तोडफोड पश्चात भएको आगलागीको घटनामा एक पत्रकारको ज्यान गएको छ। सो भवनको छतमा चढेर दृष्य खिचिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको हो। राजावादीहरुले तीनकुनेमा प्रदर्शन गर्दा प्रहरीसँगको झडपका कारण आगजनी भएको थियो। घटनाको केही समयपछि रजक सम्पर्कविहीन भएका थिए। एभिन्युज टेलिभिजनका सम्पादक शिव...
दुर्गा प्रसाईं कारवाहीको दायरमा आउँछन्, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ : गृह मन्त्रालय
काठमाडौं । राजावादीहरुको प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईले प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ । गृहका प्रवक्ता सहसचिव छवि रिजालका अनुसार आन्दोलनका नाममा अपराधिक क्रियाकलाप गर्ने जोकोहीलाई कारवाहीको दायरमा ल्याइने जानकारी दिए । शुक्रबार साँझ पत्रकार मन्त्रालयमा सम्मेलन गर्दै सरकारको उक्त आन्दोलनका कमान्डर प्रसाईंलाई कारवाहीको दायरमा...
राजावादीहरुको आन्दोलनमा एक प्रदर्शनकारीको मृत्यु
काठमाडौं । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनका क्रममा कीर्तिपुर–४ बस्ने बर्ष २९ को सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै राजावादीहरुको आन्दोलनका क्रममा कमाण्डर दुर्गा प्रसाईले गरेकाले उनी र आयोजक संस्थाले नै क्षतिको जिम्मेवारी लिनुपर्ने गृहको दाबी छ । तर यता समाजवादी...
सडकमा सेनाले बढायो सक्रियता(फोटोहरु)
काठमाडौं । काठमाडौंमा राजावादीहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि नेपाली सेनाको टोली काठमाडौंका सडकमा सक्रियता देखाएको छ । जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएसँगै सेना सडकमा आएको हो । सेनाले आन्दोलनलाई नियन्त्रण गर्ने भन्दापनि लुटपाट र आगजनीका घट्ना बढेकाले विभिन्न गणहरुको अगुवाइमा सेनाले सक्रियता बढाएको जनाएको छ । तस्बिरहरू :









