Banner News
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो । मूल्य...
हेटौंडामा एमाले मकवानपुरले गर्यो जागरणसभा
हेटौंडा । हेटौंडामा आज नेकपा एमाले मकवानपुरले जागरणसभा गरेको छ । हेटौंडाको लोकतान्त्रिक चोकमा एमालेले जागरण सभाको आयोजना गरेको हो । सभा सुरु हुनु अगाडी हेटौंडाको पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि चार स्थानबाट र्याली निकालीयको थियो । सभालाई संबोधन गर्दै नेकपा एमालेका...
पूर्वराजदूत एवं वरिष्ठ पत्रकार कोइरालाको निधन
काठमाडौं । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा भर्नामा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारका लागि केएमसी भर्ना गरिएको थियो । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली...
रास्वपा सभापतिमा फर्किए रवि, पार्टीको केन्द्रीय समितिको आजको बैठकमा सहभागी हुने
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।रवि सोमबार हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ ।बैठक आज पार्टी कार्यालयमा दिउँसो ३ बजे बस्दैछ । ‘पहिलो बैठकमा कार्यवाह सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्ने गरी पहिलो बैठकको समापन हुनेछ,’...
आज इद उल फित्र मनाउँदै इस्लाम धर्मावलम्बी, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले सोमबार इद मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा आज इद उल फित्र मनाउन लागिएको हो । इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज...
सोमबार सार्वजनिक बिदा
काठमाडौं । सोमबार सरकारले सार्वजनिक बिदा दिने भएको छ । आइतबार गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । सुचनामा लेखिएको छ, ‘२०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद...
राक्सिराङकाे एक घरमा आगोलागी
हेटौंडा । मकवानपुरकाे राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बोटबारीकाे एक घरमा आगोलागी भएकाे छ । बोटबारीस्थित भिम बहादुर मोक्तानको घरमा आगलागी भएकाे हाे । मोक्तानको एकतले ढुंगा र माटोले बनेको घरमा बिधुतको लाईन सट भई आगोलागी भएको प्रहरी चौकी चैनपुरले जानकारी दिएकाे छ । आगाे १२:४० बजे स्थानियहरुको सहयोगबाट...
जरिवानाको पत्र लिएर निर्मल निवास पुगेको नगर प्रहरी टोली गेटबाटै फिर्ता ,हुलाकमार्फत जरिवानाको पत्र पठाइयाे
काठमाडौ । शुक्रबारको प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर निर्मल निवास पुगेको काठमाडौं महानगर प्रहरीको टोली गेटबाटै फर्किएका छन् । शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभावी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेको भन्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३...
व्यवसायलाई पर्न गएको मारप्रति प्रदेश सरकारकाे गम्भीर ध्यानाकर्षण रहेकाे मन्त्री तामाङकाे भनाई
हेटौंडा । बागमती प्रदेशकी उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री शुक माया तामाङले हिजो भएको व्यवसायको तोडफोडबाट व्यवसायहरूलाई पर्न गएको मारप्रति बागमती प्रदेशको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको आठौँ प्रदेश शभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । तथ्यको आधारमा रहेर छानबिन...
हेटौंडामा चैत १८ गते गणतन्त्रको पक्षमा जागरणसभा गर्दै नेकपा एमाले
हेटौंडा । नेकपा एमाले मकवानपुरले चैत १८ गते (सोमबार) हेटौंडामा बृहत जागरणसभा आयोजना गर्दैछ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले विशाल जागरणसभा आयोजना गर्न लागेको अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए । जागरणसभाको तयारी तीव्र भइरहेको उनले बताएका छन् । जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा उतार्दै...










